२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार, आश्विन २९ २०८२०६:१४
बुधवार, आश्विन २९ २०८२०६:१४
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब(इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

    आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो दाबी गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–५ मा प्रदेश सरकारको योजनामा गाढा–चिकना सडक डिभिजन लहानले निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान गर्दा ३ करोड बारबरको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढ्ऊले अनिमियतता गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

    उक्त सडक ढलान गर्नका लागि जय धनन्जय–रब्बानी जेभी बालाजुलाई ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँमा ३० चैत २०७७ सालमा सम्पन्न गर्ने गरी २१ असार २०७७ मा ठेक्का दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend