काठमाडौं । नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने भएको छ ।
संघीय संसद्अन्तर्गत आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने बुझिएको छ ।
बैठक समितिको सभाकक्ष, संघीय संसद् सचिवालय, सिंहदरबारमा बिहान साढे १० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

