काठमाडौं । नेपालमा उलिङ मोटर्सको नेपालका लागि अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले नाडा अटो शो र आउँदै गरेको महान् चाड दसैँलाई लाक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत अब ग्राहकहरूले असाधारण मूल्य २९.९९ लाख रुपैयाँमै 'उलिङ विङ्गो ईभी' खरिद गर्न सक्नेछन् ।
कम्पनीले ल्याएको यो विशेष प्रस्तावले ग्राहकहरूलाई उलिङ विङ्गो ईभीका उन्नत सुविधाहरू र प्रदर्शनलाई असाधारण मूल्यमा अनुभव गर्ने अनोठो अवसर प्रदान गर्ने विश्वास लिएको छ ।
साइजमा सानो तर प्रशस्त स्पेस भएका विङ्गो ईभीका आयामहरू ३,९५० x १,७०८ x १,५८० मिमि छन्, जसले यात्री र सामानका लागि प्रशस्त स्थान उपलब्ध गराउँछ । मजबुत चेसिस र १५ इन्च स्टिलका चक्कासँग १८५/६० आर१५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ ।
साथै, अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ । यो प्रिमियम हैचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फस्फेट ब्याट्रीसँग सुसज्जित र आईपी६७ मानकको छ, जसले एकपटकको चार्जमा ३३३ किमिसम्मको रेन्ज दिन्छ ।
यसको ५० केडब्लू ड्राइभ मोटरले १२० किमि/घण्टासम्मको अधिकतम गति प्रदान गर्छ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ । डीसी चार्जिङमा लगभग ३५ मिनेटमै फुल चार्ज हुने विङ्गो ईभीमा डुअल फ्रन्ट एयरब्याग, एबीएस ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, आईएसओएफआईएक्स र टायर प्रेसर मोनीटरिङ सिस्टम उपलब्ध छ ।
NepatopDAV
पारामाउन्ट मोटर्स नेपालमा विङ्गो ईभी, एमजी मोटर्स, माज्दा, म्याक्ससको अधिकृत वितरक र आयातक हो ।

