२०८३, आश्विन २० गते

images
  • राजनीति
  • माओवादी केन्द्रकी सचिवालय सदस्य गंगा दाहालले...

माओवादी केन्द्रकी सचिवालय सदस्य गंगा दाहालले दिइन् राजीनामा

माओवादी केन्द्रकी सचिवालय सदस्य गंगा दाहालले दिइन् राजीनामा

सोमवार, कार्तिक ३ २०८२०५:१६
सोमवार, कार्तिक ३ २०८२०५:१६
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्।

    गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गर्दै आफूमाथि भ्रामक सूचना र निरन्तर प्रहार भइरहँदा यस्तो निर्णय गर्न बाध्य भएको बताइन्।

    उनले लेखिन्, “निरन्तर मलाई देखाएर संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेको कारणले गर्दा मैले सचिवालयबाट राजीनामा दिएको छु। तर पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

    गंगा दाहालले २०७४ मंसिरदेखि प्रचण्डको सचिवालयमा काम गर्दै आएकी थिइन्। उनले आफूले बोक्ने झोलालाई समेत निशाना बनाइएर कुप्रचार र भ्रामक सूचना फैलाइएको प्रति आपत्ति जनाएकी छन्।

    उनले भनिन्, “म, मेरा दिदीहरू र भाइलाई जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट बञ्चित भएर पार्टीमा लागिरहेँ। कुप्रचार गर्नेहरूले मेरो बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनियो, कहिले कति लाखको घडी। वास्तवमा साथीभाइले जन्मदिनमा दिएको उपहार मात्र हो, सक्कली होस् या नक्कली, त्यो पनि अब जलेर खरानी भइसकेको छ। अझै पनि त्यही कुरा लिएर प्रहार भइरहेको छ।”

    यस निर्णयसँगै पार्टी भित्रका सचिवालय सदस्यहरूको संरचना र आगामी राजनीतिक गतिविधिमा केही प्रभाव पर्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend