२०८३, आश्विन २० गते

images

तीन महिनाको वैदेशिक व्यापार ५ खर्ब नाघ्यो, व्यापार घाटा ३ खर्ब ९५ अर्बसम्म

तीन महिनाको वैदेशिक व्यापार ५ खर्ब नाघ्यो, व्यापार घाटा ३ खर्ब ९५ अर्बसम्म

आइतवार, कार्तिक ९ २०८२०४:२८
आइतवार, कार्तिक ९ २०८२०४:२८
  • images

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्म नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो व्यापार गत आवको सोही अवधिको तुलनामा २६.०४ प्रतिशत बढी हो।

    भन्सार विभागका अनुसार, चालू आवको तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको आयात भएको थियो। यसरी आयातमा १९.७९ प्रतिशत वृद्धि देखिएको छ।

    त्यस्तै, चालू आवमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

    यस अवधिमा नेपालले कुल ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशत बढी हो। गत आवमा सोही अवधिमा व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ थियो।

    विशेषज्ञहरूका अनुसार, निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातमा भइरहेको बढोत्तरीले व्यापार घाटा कम गर्न चुनौतीपूर्ण बनेको छ। पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक सामग्री र उपभोग्य वस्तुको आयात उच्च भएकाले घाटा अझ बढेको विश्लेषकहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend