काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो ।

