२०८३, आश्विन २० गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकको निर्णयः एनसेललाई किस्ताको सुविधादेखि...

मन्त्रिपरिषद् बैठकको निर्णयः एनसेललाई किस्ताको सुविधादेखि मुख्यसचिव नियुक्तसम्म

मन्त्रिपरिषद् बैठकको निर्णयः एनसेललाई किस्ताको सुविधादेखि मुख्यसचिव नियुक्तसम्म

बिहिवार, भाद्र १३ २०८१०८:४७
बिहिवार, भाद्र १३ २०८१०८:४७
  • images

    काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुका साथै पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यस्तै, आजकै बैठकले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।  वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ९डीसी० नियुक्त गरेको छ। बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। उनीहरुमध्येबाट डीसीलाई अध्यक्षमा नियुक्त गरिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend