२०८३, आश्विन २० गते

images

नेपाल बैंकले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा दिने

नेपाल बैंकले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा दिने

मंगलवार, कार्तिक ११ २०८२०१:१४
मंगलवार, कार्तिक ११ २०८२०१:१४
  • images

    काठमाडौं । नेपाल बैंक लिमिटेडले विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने सपनालाई पूरा गर्न ‘शैक्षिक कर्जा’ योजना सुरु गरेको छ। बैंकले उक्त योजनामार्फत अध्ययनका लागि आवश्यक शुल्क तथा अन्य खर्च व्यवस्थापन गर्न सहयोग पुर्‍याउने जनाएको हो ।

    यस योजनाअन्तर्गत स्थिर वा परिवर्तनीय ब्याजदर दुवै विकल्प उपलब्ध छन्। विद्यार्थीहरूले ट्युसन शुल्कको १०० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा पाउनेछन्। साथै, सरल प्रक्रिया, सुलभ ब्याजदर र सम्पूर्ण शाखामार्फत कर्जा प्रवाहको व्यवस्था गरिएको छ।

    नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। शैक्षिक कर्जासम्बन्धी थप जानकारीका लागि २४ घण्टा सञ्चालन हुने कल सेन्टर (०१–५९७१२२२) वा टोल फ्री नम्बर १६६००१३७३७३ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend