काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ बिन्दुमा बन्द भएको छ।
आज बजारमा कुल ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ८५ कम्पनीको शेयरमूल्य बढ्दा १५९ कम्पनीको घटेको र ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। खानीखोला हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
विपरीत, ज्योती विकास बैंक बण्डका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन्। यस कम्पनीको शेयरमूल्य ५.६६ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडमा भएको छ। यस कम्पनीको शेयरको कुल कारोबार २३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

