२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमाथि भ्रष्टाचार...

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

बुधवार, कार्तिक १२ २०८२०३:३९
बुधवार, कार्तिक १२ २०८२०३:३९
  • images

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालत काठमाडौंमा आज उक्त मुद्दा दायर गरेको हो।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, उपभोक्ता समूहका अध्यक्ष मडैले समितिका चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरेको आरोप लगाइएको छ। उजुरी अनुसार अध्यक्ष मडैसमको मिलेमतोमा सामुदायिक वनको कोषमा रहेको रकममा अनियमितता गरिएको पाइएको थियो।

    अनुसन्धानका क्रममा उपभोक्ता समितिको माइन्युटिङ्ग प्रतिलिपि नक्कल तयार गरी, समूहका सचिव र कोषाध्यक्षको जानकारी बिना जम्मा २० लाख १५ हजार रुपैयाँमध्ये २ लाख मात्र खातामा जम्मा गरी बाँकी १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरिएको पाइएको छ।

    अख्तियारले अध्यक्ष मडैविरुद्ध १८ लाख १५ हजार रुपैयाँको विगोसहित सजाय माग गर्दै आरोप पत्र पेश गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend