२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै,...

लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै, पहिलो जितका लागि दुवै टोली दबाबमा

लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै, पहिलो जितका लागि दुवै टोली दबाबमा

सीएनएन खबर
बिहिवार, कार्तिक १३ २०८२०९:०९
सीएनएन खबर
बिहिवार, कार्तिक १३ २०८२०९:०९
  • images

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलामा नेपालले आज यूएईसँग दोस्रो खेल खेल्दैछ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ।

    यसअघि, दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो। त्यसैले, आजको खेल दुवै टोलीका लागि शृंखलाको पहिलो जित निकाल्ने अवसरका रूपमा रहेको छ।

    ओडिआई क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १५ पटक भेट भइसकेको छ, जसमा नेपाल ९ खेलमा विजयी भएको छ भने यूएईले ६ खेल जितेको छ। लिग–२ को अंक तालिकामा अमेरिका २२ खेलबाट ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ। नेपालले १७ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने समान खेल खेलेको यूएई ६ अंकका साथ पुछारमा छ।

    आजको खेल नेपालका लागि आत्मविश्वास पुनःस्थापना गर्ने मौका पनि हुनेछ। पहिलो खेलमा कमजोर प्रदर्शन गरेकाले यसपटक बलिङ र ब्याटिङ दुवै पक्षमा सुधार अपेक्षित छ।

    क्रिकेट विश्लेषकहरूको भनाइमा, यूएईको घरेलु मैदानमा पनि नेपालसँगको इतिहासले घरेलु टोलीमा दबाब रहने सम्भावना छ, जबकि नेपालले आत्मविश्वासका साथ खेल्न सके लिग–२ मा पुनरागमनको बाटो खोल्न सक्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend