२०८३, आश्विन २० गते

images

जापान सरकारको २.६ अर्ब रुपैयाँ अनुदानमा सिन्धुली सडक पुनर्निर्माण हुने

जापान सरकारको २.६ अर्ब रुपैयाँ अनुदानमा सिन्धुली सडक पुनर्निर्माण हुने

बिहिवार, कार्तिक १३ २०८२०४:१२
बिहिवार, कार्तिक १३ २०८२०४:१२
  • images

    काठमाडौं । जापान सरकारले बाढीबाट प्रभावित सिन्धुली सडकको आपत्कालीन पुनर्निर्माणका लागि २.६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार नेपाल र जापानका अधिकारीहरूबीच यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    समझदारीपत्रमा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा हस्ताक्षर भएको हो। नेपालका लागि जापानका राजदूत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अनुदानका लागि नोट आदानप्रदानमा हस्ताक्षर गरे।

    सिन्धुली सडक १६० किलोमिटर लामो छ र मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ। यस सडकको मूल निर्माण सन् १९९५ देखि २०१५ सम्म जापानी अनुदान सहयोग (२५.८ अर्ब येन) मार्फत सम्पन्न भएको थियो। जापानी दूतावासका अनुसार यस सडकले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    सेप्टेम्बर २०२४ मा निरन्तर वर्षाका कारण आएको बाढीले सिन्धुली सडकमा व्यापक क्षति पुर्‍याएको थियो। बाढीले १० किलोमिटरभन्दा बढी सडक बगाएको थियो।

    जापानी दूतावासले जारी विज्ञप्तिमा उल्लेख गरेको छ कि यो परियोजना नेपालको दिगो आर्थिक विकास हासिल गर्न र जापान–नेपाल बीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend