२०८३, आश्विन २० गते

images
  • समाचार
  • जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल बिक्री,...

जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल बिक्री, एक भारतीयसहित ५ जना पक्राउ

जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल बिक्री, एक भारतीयसहित ५ जना पक्राउ

शुक्रवार, कार्तिक १४ २०८२०५:३७
शुक्रवार, कार्तिक १४ २०८२०५:३७
  • images

    काठमाडौं । जेनजी आन्दोलनमा भदौ २४ गते नेपाल प्रहरीबाट लुटेको पेस्तोल बिक्री गरेको पाइएको छ। प्रहरीले पेस्तोल किनबेचमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। 

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले एउटा पेस्तोल, त्यसको म्याग्जिन र १५ थान गोलीसहित पक्राउ गरेको हो। 

    पेस्तोल लुटपाटमा संलग्न धादिङको धुनिवेसी गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका १५ स्थित एक पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

    हतियार खरिद बिक्रीमा संलग्न काठमाडौँ महानगरपालिका १५ का २५ वर्षीय राजन देउला, २६ वर्षीय सुमित शाक्य, काठमाडौँ महानगरपालिका ३१ बानेश्वर घर भई क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल र भारतको मोतिहारी सितामाढीका २४ वर्षीय अकबर खान पक्राउ परेका छन्। 

    उनीहरुविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ६ दिनको म्याद दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend