२०८३, आश्विन २० गते

images

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

शुक्रवार, कार्तिक १४ २०८२०६:०६
शुक्रवार, कार्तिक १४ २०८२०६:०६
  • images

    काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जानकारी दिएको हो ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताए । कम्तीमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए । प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताए ।

    यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ । उनले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौं कि सक्दैनौं भनेर सोध्ने सामर्थ्य नेपालसँग नरहेको बताए ।

    अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको उनले बताए । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend