काठमाडौँ । खराब मौसमका कारण शनिबार ३ वटा विमानस्थलको उडान बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबार बिहान भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको हो ।
यस्तै, बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ ।
बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

