काठमाडौं । नबिल बैंकका नायब प्रमुख कार्याकारी अधिकृत (डिसीईओ) सुजित शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । एनआईसी एशियाको बैंक सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।
नेपाल श्रीलंका मर्चेण्ट बैंकमा ‘इन्टर्न’ सुरु गरेका उनी हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया, बैंक अफ एशिया मर्जरमा गएर बनेको एनआईसी बैंक, हालको एनआईसी एशिया बैंक, सिभिल बैंकमा पनि काम गरेका छन् । उनले विभिन्न उत्तरचाढावकाबीच बैंकिङ्ग करिअरमा पाइला चालिरहेका थिए । यही समयमा उनले विभिन्न संस्था परिवर्तन गर्दै विभिन्न भूमिकामा रहेर काम गरिसकेका थिए । सिभिल बैंकमा करियर अघि बढाउँदै गर्दा नबिल बैंकले डेपुटी सीईओको लागि एउटा आह्वान गरेको थियो जसबाट नै उनी नबिल बैंक प्रवेश गरेका थिए ।
लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा अनुभव संगालेका उनलाई एनआईसी एशिया बैंकले सीईओ नियुक्त गरेको हो । शाक्यसँग भएको बैंकिङ्ग क्षेत्रको अनुभवका कारण उनले एनआईसी एशियालाई फेरीपनि उचाईमा पुर्याउने अपेक्षा गरिएकाे छ ।

