२०८३, आश्विन २० गते

images
  • राजनीति
  • जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीलाई...

जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीलाई उपत्यका नछाड्न निर्देशन

जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीलाई उपत्यका नछाड्न निर्देशन

सोमवार, कार्तिक १७ २०८२०३:१४
सोमवार, कार्तिक १७ २०८२०३:१४
  • images

    काठमाडौं । भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले त्यतिबेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई हालका लागि उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

    प्रधान कार्यालयले कात्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमार्फत सम्बन्धित प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।


    पत्रमा भनिएको छ, ‘जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२/०७/१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हालका लागि काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । ‘

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend