२०८३, आश्विन २० गते

images

नेप्से २७ अंकले घट्यो, सबै उपसमूह राताम्य

नेप्से २७ अंकले घट्यो, सबै उपसमूह राताम्य

मंगलवार, कार्तिक १८ २०८२०३:२३
मंगलवार, कार्तिक १८ २०८२०३:२३
  • images

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार जस्तै मंगलबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

    नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.९३ अंकले, फ्लोट इन्डेक्स १.९१ अंकले र सन्सेटिभ फ्लोट इन्डेक्स १.३० अंकले घटेको छ ।

    आज बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजदेखि कारोबारमा आएको माबिलुङ इनर्जी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको सेयर मूल्य ३१ रुपैयाँ ७० पैसा बढेर ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ ।

    उता, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै आज सबैभन्दा धेरै गिरावट आएको कम्पनी बनेको छ ।

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँ र यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

    यस दिन १३ वटै उपसमूह राताम्य बनेका छन् । तीमध्ये वित्त उपसमूह सर्वाधिक २.२१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend