२०८३, आश्विन २० गते

images

कृषि विकास निर्देशनालयका प्रमुख र वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कृषि विकास निर्देशनालयका प्रमुख र वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार, कार्तिक १८ २०८२०४:३९
मंगलवार, कार्तिक १८ २०८२०४:३९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालयका प्रमुख र वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    मंगलवार अख्तियारले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरूसहित एक कन्सल्टेन्ट प्रा.लि. उपर पनि गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend