काठमाडौं । उपत्यका तथा देशका विभिन्न स्थानका नापी र मालपोत कार्यालयका प्रमुखहरूको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार प्रमुख नापी अधिकृत र प्रमुख मालपोत अधिकृतहरूको सरुवा गरेको हो।
सचिवस्तरीय निर्णयअनुसार, लामो समयदेखि चर्चामा रहेका नापी तथा मालपोतका अधिकारीहरूको सरुवा गरिएको जानकारी मन्त्रालयले दिएको छ।

