२०८३, आश्विन २० गते

images

नाडा अटो शोमा स्काइवेलका ९९ गाडी बुकिङ, कति छ मूल्य ?

नाडा अटो शोमा स्काइवेलका ९९ गाडी बुकिङ, कति छ मूल्य ?

सीएनएन खबर
आइतवार, भाद्र १६ २०८१०७:४४
सीएनएन खबर
आइतवार, भाद्र १६ २०८१०७:४४
  • images

    काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो २०२४ मा स्काइवेलका ग्राडीमा ग्राहको आकर्षण देखिएको छ । शो सुरु भएको ५ औँ दिनमा उक्त मोडलका ९९ वटा विद्युतीय गाडीको बुकिङ भैसकेको कम्पनीले जनाएको छ । 

    स्काइवेल गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले अटो शोमा ९९ वटा प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको जनाएको हो ।

    कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालका अनुसार ९९ वट स्काइवेल ईटी फाइभ, बीई ११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिइएको हो । 

    हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइ सकेका छन् भने जी मोटर्सले नाडामा बुकिङङ गर्ने ग्राहकका लागी स्पेशल मूल्यमा कार उपलब्ध गराएको छ ।

    shibal.jpg

    ४१० किमि रेन्ज दिने बीई११ को ७५.९० लाख, ५२० किमि रेन्ज दिने बीई११ को मूल्य ८५.९० लाख र ईटी फाइभको मूल्य १.१० करोड रूपैयाँ कायम गरेको छ । 

    स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, यूके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायत देशमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।  

    नाडा अटो शो पश्चात सबै मोडेलमा ५ लाख रूपैयाँसम्मले  मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend