२०८३, आश्विन २० गते

images

गुरुप्रसाद पौडेललाई बैंकको प्रवक्ताको जिम्मेवारी

गुरुप्रसाद पौडेललाई बैंकको प्रवक्ताको जिम्मेवारी

बुधवार, कार्तिक १९ २०८२०३:१५
बुधवार, कार्तिक १९ २०८२०३:१५
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले गुरुप्रसाद पौडेललाई बैंकको प्रवक्ताको जिम्मेवारी दिएको छ। उनी २०८२ कात्तिक १९ देखि पद सम्हाल्ने भएका छन्।

    पौडेल बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) समेत रहिसकेका छन्। उनले २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् र बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागमा व्यापक अनुभव हासिल गरेका छन्। हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्।

    बैंक प्रवक्ताको रूपमा पौडेलले नेपाल राष्ट्र बैंकका नीति, कार्यक्रम र सञ्चारसम्बन्धी जिम्मेवारी सम्हाल्ने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend