काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा ४ घण्टा अगाडि विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ।
एयरलाइन्सले जारी गरेको सूचनामा चेक–इन तथा सुरक्षा प्रक्रियामा समय लाग्ने भएकाले समयमै उपस्थित हुन आग्रह गरिएको उल्लेख छ। एयरलाइन्सका अनुसार चेक–इन काउण्टर उडान अघि १ घण्टा अगाडि नै बन्द हुने भएकाले ढिलो आइपुग्ने यात्रुहरूलाई उडान छुट्ने जोखिम हुने चेतावनी दिइएको छ।
नेपाल एयरलाइन्सले हाल नेपालबाट भारत, थाइल्यान्ड, मलेसिया, चीन, जापान र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ।
एयरलाइन्सले यात्रुहरूलाई यात्रा सम्बन्धी आवश्यक कागजातहरू अग्रिम तयारीमा राख्न र विमानस्थल प्रवेशपछि चेक–इन तथा बोर्डिङ प्रक्रिया सहज बनाउन समयमै उपस्थित हुन पुनः अनुरोध गरेको छ।

