२०८३, आश्विन १९ गते

images
  • अटो
  • ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’...

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल अब कार्तिक २८ गते हुने

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल अब कार्तिक २८ गते हुने

सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२१०:४०
सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२१०:४०
  • images

    काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको ुपर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाु अभियानअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने भएका छन् ।

    योजनाअनुसार खरिदको समयमा नै अधिकतम एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । प्रारम्भिक जानकारीअनुसार कार्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि, ग्राहकहरूको उत्साह, सहभागीता र सहजतालाई मध्यनजर गर्दै ग्राण्ड लक्की ड्र कार्यक्रमलाई सारेर कार्तिक २८ गते सार्वजनिक गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट छनोट भएका विजेताहरूको नाम सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

    यस अभियानअन्तर्गत उपहारका रूपमा बम्पर उपहारमा बजाज पल्सर १५० सीसी मोटरसाइकल, दोस्रो मुख्य उपहारमा टीभीएस एनटीओआरक्यु १२५ स्कुटर, तथा अन्य उपहारमा स्मार्ट टिभी र स्मार्टफोनहरू राखिएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यस अफरले नेपालभरिका टाटा सवारीसाधन प्रयोगकर्ताबाट उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनीको दाबी छ । सिप्रदी अटोपार्ट्सले सबै ग्राहकलाई कार्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ ।

    कम्पनीका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरका, टाटाद्वारा प्रमाणित र सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्ने तथा गाडीको प्रदर्शन सुदृढ बनाउने गुणले सम्पन्न छन् । यही कारणले टाटा जेन्युइन पार्ट्स नेपालभरका व्यावसायिक एवं निजी सवारी प्रयोगकर्ताबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।

    नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend