२०८३, आश्विन २० गते

images

नेपाल एयरलाइन्समा कर्मचारी कटौती शुरू

नेपाल एयरलाइन्समा कर्मचारी कटौती शुरू

बुधवार, कार्तिक २६ २०८२०४:०३
बुधवार, कार्तिक २६ २०८२०४:०३
  • images

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ । प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि निगमले हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्याको आधारमा मासिक ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारीलाई हटाएको छ ।

    निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend