२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपिएलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट...

एनपिएलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन अखिल क्रान्तिकारीको माग

एनपिएलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन अखिल क्रान्तिकारीको माग

सीएनएन खबर
शुक्रवार, कार्तिक २८ २०८२०५:५१
सीएनएन खबर
शुक्रवार, कार्तिक २८ २०८२०५:५१
  • images

    काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका क्रममा दर्शकका लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेको छ।

    अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको छ। 

    ज्ञापनपत्रमा प्रिमियर लिग क्रिकेटको टिकट दर विद्यार्थी वर्गका लागि निकै महंगो रहेको र त्यसले गर्दा उक्त खेलकुदमा विद्यार्थीहरूको पहुँचलाई अवरुद्ध गर्ने भन्दै विद्यार्थी परिचयपत्रका आधारमा ५०५ छुटको व्यवस्था गर्न माग गरिएको छ। 

    साथै क्रान्तिकारीले सरकारी विद्यालयका विद्यार्थीहरूलाई विशेष निःशुल्क प्रवेश कोटा कायम गर्न र खेलकुदलाई व्यावसायिक भन्दा बढी जनमुखी सहभागिता र राष्ट्रिय गौरवको प्रतीक बनाउन समेत क्यान सचिव खड्कासँग माग गरेको विद्यार्थी नेता अनिकेत तिवारीले बताए ।

    ज्ञापनपत्र बुझाउने क्रममा अखिल (क्रान्तिकारी) का उपमहासचिव श्रेष्ठले क्रिकेट लगायतका खेलकुदहरु केवल पैसा हुनेहरुको लागि मात्र मनोरञ्जनको साधन नभई  सबैको पहुँचमा हुनुपर्ने  भन्दै विद्यार्थीहितमैत्री नीतिगत निर्णय लिन र खेलकुदलाई युवाको सहभागिता र राष्ट्रिय एकताको माध्यमका रूपमा अघि बढाउन क्यानलाई ध्यानाकर्षण गराए ।

    एनपिएलको टिकटमा विद्यार्थीका लागि छुटको माग गर्दै ज्ञापनपत्र बुझाउनका लागि अखिल क्रान्तिकारीका केन्द्रिय उपमहासचिवहरु विपीन पोख्रेल ,  गजेन्द्र यादव , निरोज श्रेष्ठ ,  केन्द्रिय सदस्य सुरज कटुवाल , त्रि।वि जिल्ला उपाध्यक्ष मनिष चाम्लागाई , जनप्रशासन क्याम्पस अध्यक्ष सत्यम कुमार यादव जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी , संगठनका सरस्वती क्याम्पस अध्यक्ष राजेश बगाले ,   पाटन क्याम्पस  अध्यक्ष दिपक राना मगर ,  संगठन का नेता विरेन्द्र मगर ,  रन्जित मण्डल ,  अनमोल सापकोटा लगायत  किर्तिपुर क्रिकेट मैदान पुगेका थिए ।

    ज्ञापनपत्र बुझ्दै क्रिकेट संघका सचिव पारस खड्काले एनपिएलको टिकट दरमा विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएको विद्यार्थी नेता तिवारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend