२०८३, आश्विन २० गते

images

गण्डकी प्रदेशः मनाङेको राजीनामा स्वीकृत

गण्डकी प्रदेशः मनाङेको राजीनामा स्वीकृत

सोमवार, भाद्र १७ २०८११०:२६
सोमवार, भाद्र १७ २०८११०:२६
  • images

    काठमाडौं । गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन्।

    मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले मुख्यमन्त्री पाण्डेलाई भेटेर राजीनामा बुझाएका थिए। सोमबार एमालेका ४ जना मन्त्री थपिएसँगै मनाङेको मन्त्रालय फेरबदल भएको थियो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट उनी वन तथा वातावरण मन्त्रालयमा सरुवा भए। एमालेका प्रकाशबहादुर केसीले शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय पाएका छन्।

    आफ्नो मन्त्रालय फेरिएपछि उनी सपथ ग्रहण समारोहबाट जुनियरलाई दिने मन्त्रालय भन्दै बाहिरिएर क्वार्टर गए। उनले स्वकीय सचिव अधिकारीसँग मुख्यमन्त्रीलाई राजीनामा पठाए। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका मनाङेले जेठ २९ गते गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए। उनी छैठौं पटक मन्त्री बनेका हुन्। गण्डकी हरेक पटक मन्त्रीपरिषद् विस्तारका बेला मनाङे चर्चामा रहने गर्छन्।

    मनाङेको राजीनामा स्वीकृत भएसँगै अब कांग्रेसबाट एक जना मन्त्री थपिनेछन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend