२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, असोजमा मात्रै...

रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, असोजमा मात्रै २ खर्ब रुपैयाँ भित्रियो

रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, असोजमा मात्रै २ खर्ब रुपैयाँ भित्रियो

आइतवार, कार्तिक ३० २०८२०३:४६
आइतवार, कार्तिक ३० २०८२०३:४६
  • images

    काठमाडौं ।  चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको हो ।

    गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।२०८२ असोज महिना मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

    चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको छ । 

    गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३ढ रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend