२०८३, आश्विन २० गते

images

सबैभन्दा धेरै कर तिर्ने १६ करदातालाई सरकारी सम्मानः व्यक्तिगत आयकरमा राजबहादुरदेखि भाटभटेनी सुपरमार्केटसम्म

सबैभन्दा धेरै कर तिर्ने १६ करदातालाई सरकारी सम्मानः व्यक्तिगत आयकरमा राजबहादुरदेखि भाटभटेनी सुपरमार्केटसम्म

सोमवार, मंसिर १ २०८२१०:२७
सोमवार, मंसिर १ २०८२१०:२७
  • images

    काठमाडौँ । सरकारले सर्वाधिक कर तिर्ने १६ वटा करदातालाई सम्मान गरेको छ। सोमबार अर्थमन्त्री रामेश्वर खनालले उक्त करदातालाई सरकारी सम्मान दिएका हुन् । 

    गत आर्थिक वर्षमा  विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सरकारले सम्मान गर्दै आएको छ । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ।

    यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।

    यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता :

    सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार प्राधिकरण

    एकलौटी फर्महरुतर्फ आयकर : थाइ आइ इन्टरनेशनल

    बस्तुगत तर्फ आयकर : डावर नेपाल

    सूचना प्रविधितर्फ : भेरिक्स नेपाल प्रालि

    निर्यात कारोबार : डाबर नेपाल प्रालि

    कृषि एवम् पशुजन्य : पोषक ब्रिडर

    बैंक तथा वित्तीय संस्था : नेपाल इन्भेष्टमेन्ट बैंक

    स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज

    पर्यटन : सोल्टीहोटेल

    वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

    मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड

    ऊर्जा : भोटेकोसी पावर कम्पनी

    रेमिटेन्स : आइएमई

    व्यक्तिगत आयकर : राजबहादुर साह

    मूअक समयमा तिर्नेमध्ये : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

    ५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये :  भिएफ सर्भिसेज

    विशेष उद्योग :  युनिलिभर नेपाल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend