२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर...

एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

सोमवार, मंसिर १ २०८२०७:२५
सोमवार, मंसिर १ २०८२०७:२५
  • images

    काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग ९एनपीएल० मा विजयी सुरुआत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाष त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३,र मोहम्मद आदिल आलमले आठ र भीम सार्कीले तीन रन बनाए। 

    जनकपुरका लागि अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ती, किशोर महतो र जान निकोल लफ्टी(इटोनले एक(एक विकेट लिए। 

    यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे। 

    त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी(इटोन र सञ्जय कृषिमूर्तीले दुई(दुई विकेट लिए। 

    काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक(एक विकेट लिए। 

    मंगलबार दुई वटा खेल हुनेछन्। पहिलो खेलमा बिहान ११ः४५ बजे चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend