२०८३, आश्विन १९ गते

images

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

मंगलवार, मंसिर २ २०८२०१:४७
मंगलवार, मंसिर २ २०८२०१:४७
  • images

    काठमाडौं । ओपनर प्रियाङक पन्चलको विष्फोटक ब्याटिङमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल तयार पारेको छ। 

    कर्णालीका लागि ओपनर प्रियाङकले सर्वाधिक ९० रनको योगदान दिए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दा रवि वोपारको बलमा देव खनालको हातबाट क्याच आउट भए। 

    २१ बलमा १ चौका सहयोगमा १६ रन बनाएका मार्क वाट सोहेल तनविरको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए। 

    ओपनर म्याक्स ओ डाउड ६ बलमा २ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए। पवर सरार्फ २७ र नजिबुल्लाह जड्रान ४ रनमा अविजित रहे। पवनले १६ बलमा ३ छक्का र १ चौका प्रहार गरे। 

    चितवनका लागि सोहेल तनविर, सैफ जैव र रवि बोपाराले समान एक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend