२०८३, आश्विन २० गते

images

नेपालले दोस्रो वर्ष पनि पायो बीबी माइनस क्रेडिट रेटिङ

नेपालले दोस्रो वर्ष पनि पायो बीबी माइनस क्रेडिट रेटिङ

मंगलवार, मंसिर २ २०८२०४:०१
मंगलवार, मंसिर २ २०८२०४:०१
  • images

    काठमाडौँ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । फिचले नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ दिएको हो । 

    गत कात्तिक १८ गतेदेखि २० गतेसम्म ‘फिच’को टोलीले दोस्रो वर्षको क्रेडिट रेटिङको स्थलगत मूल्यांकन गरेको थियो । मंगलबार फिचले उक्त मूल्यांकनको रिपोर्ट सार्वजनिक गरेको हो । 

    नेपालको ‘बीबी माइनस’ रेटिङले अत्यधिक सहुलियतपूर्ण सरकारी तथा बाह्य ऋणभार, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रमा आधारित ठोस मध्यमकालीन वृद्धि सम्भावनालाई देखाएको छ ।

    फिचले अविकसित अर्थतन्त्र, बाह्य झट्का र प्राकृतिक प्रकोपको जोखिम साथै प्रतिव्यक्ति जीडीपी र सुशासन मेट्रिक्स जस्ता कमजोर संरचनागत विशेषताहरूले ‘बीबी’ श्रेणीका अन्य देशहरूको तुलनामा रेटिङलाई सीमित गरेको छ ।

    फिचले संघीय सरकारको घाटा आर्थिक वर्ष २०८२/८३  मा जीडीपीको ३.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । फिचले चालू आर्थिक वर्षमा संघीय सरकारको ऋण जीडीपीको ४६.१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend