२०८३, आश्विन १९ गते

images

एनपिएलः विराटनगरको विजयी सुरुवात

एनपिएलः विराटनगरको विजयी सुरुवात

मंगलवार, मंसिर २ २०८२०८:४७
मंगलवार, मंसिर २ २०८२०८:४७
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल०मा विराटनगर किंग्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विराटनगरले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

    विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८।५ ओभरमा १६७ रनमा अलआउट भयो ।

    पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ३१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । एडम रोसिङटनले २१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३९ रनको योगदान दिए । डान डाउथवेटले २० बलमा २९ रन बनाए । किरण ठगुन्ना ८ रन र अभिषेक तिवारी ११ रनमा आउट भए भने दिनेश खरेल ७ रनमा आउट भए ।
    विराटनगरका लागि सन्दीप लामिछाने, मास्र्याङ डि लाङ्गे, शुभम रन्जने र प्रतिश जिसीले समान २–२ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको कीर्तिमानी लक्ष्य दिएको थियो । विराटनगरले बनाएको २२० रन एनपिएलका दुवै संस्करणमा अहिलेसम्मकै उच्च टिम स्कोर हो । 

    विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलले विस्फोटक ब्याटिङ गर्दै दुवैले अर्धशतकीय इनिङ खेले । लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए ।

    जर्ज मन्से ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा आउट भए । यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे ।

    शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । नारायण जोशी ११ रनमा अविजित रहे ।

    बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

    एनपिएलअन्तर्गत बुधबार एक मात्र खेल हुनेछ । अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend