२०८३, आश्विन १९ गते

images

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा

सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०८:५५
सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०८:५५
  • images

    काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ।  

    अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो। अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ। 

    सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

    भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ।  साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend