काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो ।
यसमा चालु तर्फको ९ अरब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अरब १३ करोड ३३ लाख १ हजार ६६१ रुपियाँ र पुँजीगत तर्फ १५ अरब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अरब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपियाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।
यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ ।
३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०/०८१ मा १२९ प्रतिशत, २०८१/०८२ मा १२३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ ।
गएको वर्ष विनियोजित २५ अरब ८६ लाख ५२ हजार रुपियाँमा ३ अरब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपियाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अरब ८० करोड ५४ लाख ९९ हजार २९० रुपियाँ र पुँजीगततर्फ १ अरब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अरब ८२ करोड २० लाख ५० हजार ७१८ रुपियाँ र पुँजीगततर्फ १५ अरब ६ करोड ५६ लाख १ हजार २८२ रुपियाँ बजेट विनियोजित थियो ।
यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अरब १८ करोड ७८ लाख ८२ हजार रुपियाँमध्ये २ अरब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपियाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अरब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपियाँमा १ अरब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपियाँ र पुँजीगततर्फ विनियोजित १५ अरब १० करोड १० लाख ५२ हजार ३९३ रुपियाँमा १ अरब २४ करोड ५० लाख २७ हजार ६५३ रुपियाँ खर्च भएको थियो ।
यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो ।
यस वर्ष वडाहरुतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं २ ले १२.८१ प्रतिशत, वडा नं ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनका अनुसार वडा नं १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।

