२०८३, आश्विन १९ गते

images

नेप्सेमा सामान्य अंकको गिरावट

नेप्सेमा सामान्य अंकको गिरावट

बिहिवार, मंसिर ४ २०८२०३:३४
बिहिवार, मंसिर ४ २०८२०३:३४
  • images

    काठमाडौं । साताको अन्तिम शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवार ०.९३ अंकले घटेर परिसूचक २ हजार ५६०.१५ को बिन्दु कायम भएको छ । 

    बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज कारोबार समयभरमा १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएको थियाे । 

    बजार बन्द हुँदा ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक शेयर किनबेच भएको छ । 

    बजार घट्दा पनि ५ वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend