२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक म्यानुअल...

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक म्यानुअल थेरापनीमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक म्यानुअल थेरापनीमा १० प्रतिशत छुट

आइतवार, मंसिर ७ २०८२०४:४४
आइतवार, मंसिर ७ २०८२०४:४४
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक म्यानुअल थेरापनी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएको छ । आइतबार थेरापी सेन्टर र बैंकबीच सम्झौता भएसँगै उक्त छुट सुविधा पाउने भएको हो । 

    सो सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । 

    उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend