२०८३, आश्विन १९ गते

images

अर्घाखाँची सिमेन्टलाई २ लाख बढी जरिवाना

अर्घाखाँची सिमेन्टलाई २ लाख बढी जरिवाना

सोमवार, मंसिर ८ २०८२०३:०४
सोमवार, मंसिर ८ २०८२०३:०४
  • images

    काठमाडौं । अर्घाखाँची सिमेन्ट कम्पनीलाई उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको भेटिएपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ का दफा १६ र ३८ अनुसार काम नगरेको पत्ता लगाउँदै दफा ३९(१) बमोजिम कारबाही गरेको जनाएको छ।

    विभागले  रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुगमन गरेको थियो। यस क्रममा कैफियत देखिएका कम्पनीहरूमाथि कारबाही गरिएको छ।

    त्यसैगरी, तिरूपति फुड प्रोसेसिङ इण्डस्ट्रिज, सिदार्थनगर, रूपन्देहीलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिइएको छ।

    अनुगमनको क्रममा आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेश्वरी मिनरल वाटर एण्ड वेभरेज, झरना प्योर ड्रिङ्किङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुगमन गरिएको थियो।

    विभागले बजार अनुगमनमार्फत उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने र नियमविपरीत सञ्चालन भएका उद्योग–प्रतिष्ठानमा तत्काल कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend