२०८३, आश्विन १९ गते

images

शेयर बजारमा भारी उछाल: नेप्से ४७.२२ अंकले बढेर २,६४७ मा पुगे

शेयर बजारमा भारी उछाल: नेप्से ४७.२२ अंकले बढेर २,६४७ मा पुगे

सोमवार, मंसिर ८ २०८२०३:३६
सोमवार, मंसिर ८ २०८२०३:३६
  • images

    काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ठूलो उछाल देखिएको छ। नेप्से परिसूचक ४७.२२ अंकले बढेर २,६४७ को विन्दुमा बन्द भएको छ। आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ।

    दिनभरमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ, जसको कारोबार रकम २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४३ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आजका सबैभन्दा धेरै लाभ कमाउने कम्पनीमा झापा इनर्जी रहेछ। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत लाभ कमाएका छन्। त्यस्तै, सागर डिष्टलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले पनि ९.९९ प्रतिशत लाभ कमाएका छन्।

    विपरीत, सबैभन्दा धेरै घाटा माबिलुङ इनर्जीको लगानीकर्ताले बेहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४ प्रतिशत घाटा व्यहोरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend