काठमाडौँ । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा करसहित ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर छ ।
यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ हाराहारीमा छ । चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ छ ।

