२०८३, आश्विन १९ गते

images

सानिमा बैंक तुलसीपुर शाखाद्वारा छात्रवृत्ति प्रदान

सानिमा बैंक तुलसीपुर शाखाद्वारा छात्रवृत्ति प्रदान

मंगलवार, मंसिर ९ २०८२११:०३
मंगलवार, मंसिर ९ २०८२११:०३
  • images

    दाङ । सानिमा बैंक तुलसीपुर शाखाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
    आइतबार एक कार्यक्रमको आयोजना गरी दुई जना विद्यार्थीलाई जनही ५०/५० हजार रुपैयाँ रकम बराबरको छात्रावृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मानसहित प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

    गरिब तथा जेहन्दार विद्यार्थी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ०६ निवासी आशिष घिमिरे र दंगीशरण गाउँपालिका वडा नम्बर ३ निवासी सुशिल चौधरीलाई छात्रवृति प्रदान गरिएको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्र शाह, नगर शिक्षा प्रमुख चक्रबहादुर भण्डारी, पूर्व प्रधानाध्यापक तथा स्थानीय समाजसेवी शंकर दिवस मजगैया, र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव भुवन भुषाल द्वारा छात्रवृत्ति प्राप्त विद्यार्थीलाई सम्मान गरिएको थियो ।

    आर्थिक वर्ष २०६८/२०६९ देखि सानिमा बैंकका शाखाहरुबाट निरन्तररुपमा संस्थागत उत्तरदायित्व कार्यक्रम ‘सानिमा छात्रवृत्ति’ अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाई प्रत्येक वर्ष बैंकका शाखाहरुबाट एक लाख रकम बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

    विद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।

    स्थानीय तहका विद्यालयहरुबाट प्राप्त आवेदनका अनुसार छनौट प्रक्रियामा समावेश भएर उत्तीर्ण हुन सफल विद्यार्थीलाई छात्रवृति प्रदान गरीएको हो । सो कार्यक्रममा उपस्थित पदाधिकारीहरुले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि, सानिमा बैंकले ल्याएको यस्ता छात्रवृत्तिका कार्यक्रमले विद्यार्थीको उज्जवल भविष्य निर्माण गर्न सहयोग पुग्ने बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend