२०८३, आश्विन १९ गते

images

सामाजिक सुरक्षा कोषले लगानी गर्‍यो १२६ अर्ब रुपैयाँ

सामाजिक सुरक्षा कोषले लगानी गर्‍यो १२६ अर्ब रुपैयाँ

बिहिवार, मंसिर ११ २०८२०१:२१
बिहिवार, मंसिर ११ २०८२०१:२१
  • images

    काठमाडौं । सामाजिक सुरक्षा कोषले कुल १२६ अर्ब रुपैयाँ विभिन्न लगानीमार्फत व्यवस्थापन गरेको छ। कोषमा योगदानकर्ताबाट जम्मा भएको रकम ९५ अर्ब रुपैयाँ रहेको छ भने बाँकी रकम अन्य स्रोतबाट लगानी गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए।

    अधिकारीका अनुसार, कोषले आफ्नो लगानी कार्यविधिअनुसार बैंकको मुद्दती खातामा ५८ अर्ब ८९ करोड, ट्रेजरी बिलमा ३२ अर्ब १९ करोड, विकास ऋणपत्रमा २१ अर्ब ७६ करोड, डिबेन्चरमा ४ अर्ब ५२ करोड, र म्युचुअल फन्डमा १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेको छ।

    त्यस्तै, सामाजिक सुरक्षा कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ वितरण गरेको छ। कोष अन्तर्गत विशेष सापटीमा वार्षिक ५.२ प्रतिशत र घर तथा शैक्षिक सापटीमा ५.८६ प्रतिशत ब्याजदर लागू हुने बताइएको छ।

    कार्यकारी निर्देशक अधिकारीले बैंकिङ क्षेत्रमा तरलताका कारण लगानीमा चुनौती रहेको भए पनि कोषको योजनाको प्रभावकारी कार्यान्वयनबाट वार्षिक १ खर्बसम्म रकम संकलन गरेर राज्यको पूर्वाधार निर्माणमा लगानी गर्न सकिने सम्भावना रहेको बताए।

    यसका साथै, वैदेशिक क्षेत्रको नियमितता कायम गर्नु, अनौपचारिक क्षेत्रको योगदान सुनिश्चित गर्नु, र श्रमिक आवद्धता बढाउनु कोषका मुख्य चुनौती रहेको उनले उल्लेख गर्नुभयो।

    अधिकारीका अनुसार हालसम्म श्रमिकहरूको आवद्धताका लागि ११४ पालिकासँग एमओयू सम्पन्न भइसकेको छ भने केही पालिकाले योगदान रकम जम्मा गर्न सुरु गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend