काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ (IPO) निष्कासनको अनुमति प्राप्त गरेको छ। मंसिर ११ गते बोर्डले कम्पनीलाई २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।
कम्पनीले कुल २० लाख कित्ता शेयर जारी गर्नेछ, प्रत्येक शेयरको अंकित मूल्य रु. १०० रहनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हाल्नेछ। यस कदमसँगै भुजुङ्ग हाईड्रोपावरले पुँजी संकलन गरी आगामी परियोजनाहरूमा लगानी गर्ने तयारी गरेको बताइएको छ।

