२०८३, आश्विन १९ गते

images

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज

सोमवार, मंसिर १५ २०८२०८:२२
सोमवार, मंसिर १५ २०८२०८:२२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले आज नीति समीक्षा बाहिर ल्याउन लागेको हो।

    राष्ट्र बैंक स्रोतका अनुसार यसपटकको समीक्षा नियमित भए पनि केही महत्वपूर्ण प्रावधान परिमार्जन हुने संकेत देखिएको छ। विशेषगरी बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा कर्जा लगानी गर्ने सीमा र अवधिसम्बन्धी व्यवस्थामा संशोधन ल्याउने तयारी छ।

    हाल सेयर कर्जा होल्ड गर्ने ६ महिनाको अनिवार्य व्यवस्था हटाइने कि भन्ने विषयमा संस्थागत निकायहरूबीच व्यापक छलफल भइरहेको बताइएको छ। त्यसैगरी कोर क्यापिटलको ४० प्रतिशतभित्र मात्र मार्जिन कर्जा दिने प्रावधानबारे समेत पुनरावलोकन गर्न लगानीकर्ताहरूले माग गर्दै आएका छन्।

    वित्तीय क्षेत्रमा हाल झन्डै १२ खर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको अवस्थालाई नियन्त्रण गर्नु केन्द्रिय बैंकको प्रमुख चुनौती बनेको छ। रेमिट्यान्स निरन्तर बढ्दै गएको र विदेशी विनिमय सञ्चिति झन्डै ३० खर्ब रुपैयाँ पुगेको कारण बैंकहरूमा निक्षेप बढ्दै गएको छ तर ऋण माग भने न्यून रहँदा तरलता अधिक हुन पुगेको विश्लेषण गरिएको छ।

    ऋणको माग कमजोर रहँदा खराब कर्जा बढ्दो क्रममा छ र त्यसअनुसार प्रोभिजनिङ भार पनि बैंकहरूमा थपिएको छ। नेपाल बैंकर्स एसोसिएसनले निर्देशित कर्जा तथा प्रोभिजनिङ सम्बन्धी केही प्रावधान खुकुलो गरिनुपर्ने माग राष्ट्र बैंकसँग राखेको छ।

    राष्ट्र बैंक सञ्चालक समितिको बैठक भोलि बिहान बस्ने छ र समितिले निर्णय गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा औपचारिकरूपमा सार्वजनिक हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend