२०८३, आश्विन १९ गते

images

शेयर बजार सामान्य घटेर बन्द, नेप्से २,६४५ विन्दुमा रोकियो

शेयर बजार सामान्य घटेर बन्द, नेप्से २,६४५ विन्दुमा रोकियो

सोमवार, मंसिर १५ २०८२०३:३५
सोमवार, मंसिर १५ २०८२०३:३५
  • images

    काठमाडौं ।आज साताको दोस्रो दिन नेपाली शेयर बजार सामान्य घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.२८ अंकले घटेर २,६४५.०५ विन्दुमा पुगेको छ। आज कुल १२४ कम्पनीको शेयर मूल्य बढ्दा, १२६ कम्पनीको शेयर मूल्य घटेको छ।

    आज ३२५ कम्पनीका १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाइड्रोपावरको भएको छ, जसको २७ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख र बंदीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    आजको बजारमा सबैभन्दा धेरै लाभ सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन्। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशत लाभ प्राप्त गरेका छन्। त्यसैगरी, झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले ९.९९ प्रतिशत लाभ पाएका छन्।

    बजारमा सबैभन्दा बढी घाटा निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले बेहोरेका छन्। यसका इकाईधनीले आज ९.५१ प्रतिशत घाटा भोग्नुपरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend