काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।
सोमबार कम्पनीका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि सरकारले उक्त कोष स्थापना गरेको हो ।
सोमबारसम्म उक्त कोषमा ११ करोड ८२ लाख रुपैयाँ रकम जम्मा भएको अर्थमन्त्रालयले जनाएको छ ।

