२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सलिकोका सीईओ चंकी क्षेत्री विकासशील देशका...

सलिकोका सीईओ चंकी क्षेत्री विकासशील देशका बीमा तथा पुनर्बीमा संघको उपाध्यक्षमा निर्वाचित

सलिकोका सीईओ चंकी क्षेत्री विकासशील देशका बीमा तथा पुनर्बीमा संघको उपाध्यक्षमा निर्वाचित

बुधवार, आश्विन १४ २०८३०४:४२
बुधवार, आश्विन १४ २०८३०४:४२
  • images

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील देशका बीमा तथा पुनर्बीमा कम्पनीहरूको अन्तर्राष्ट्रिय संस्था एसोसिएसन अफ इन्स्योर्स एन्ड रिस्योर्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

    जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको साधारण सदस्य बैठकले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। उपाध्यक्षसँगै उनी संस्थाको कार्यकारी बोर्ड अफ ट्रस्टीको सदस्यसमेत रहनेछन्।

    विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान र बीमा क्षेत्रको विकास तथा विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको हो।

    क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यससँगै विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीसँग नेपालको बीमा क्षेत्रको सम्बन्ध विस्तार गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

    एआईआरडीसीको आगामी कार्यकारी बोर्ड अफ ट्रस्टीको बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ। त्यसैगरी, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने एआईआरडीसीको २५औँ सम्मेलनको स्थानीय आयोजक समितिको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्ने भएका छन्।

    काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनलाई सफल बनाउन नेपालसहित एआईआरडीसीका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने बताइएको छ।

    एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य तथा गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई समेत संस्थाको सदस्य बन्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले क्षेत्रीको निर्वाचित भूमिकाले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान र सहकार्यको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend