२०८३, मंसिर ७ गते

  • बिमा
  • प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिता...

प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिता स्थगित, नयाँ मिति कात्तिक २८ गते तय

प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिता स्थगित, नयाँ मिति कात्तिक २८ गते तय

images
शुक्रवार, कार्तिक १३ २०८३०२:०२
शुक्रवार, कार्तिक १३ २०८३०२:०२
  • images

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ प्रतिकूल मौसमका कारण स्थगित भएको छ ।

    कम्पनीले यसअघि अक्टोबर ३१ (शनिबार) का लागि तय गरेको प्रतियोगिताको मिति परिवर्तन गर्दै आगामी नोभेम्बर १४ (शनिबार) का लागि नयाँ मिति निर्धारण गरेको हो ।

    कम्पनीका अनुसार प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुनेछ ।

    हालै देशमा देखिएको प्रतिकूल मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ । मिति परिवर्तनबाट सहभागी तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

    त्यस्तै, प्रतियोगिताप्रति देखाइएको उत्साह, चासो र सहयोगका लागि आभार व्यक्त गर्दै कम्पनीले नयाँ मितिमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend