२०८३, मंसिर ७ गते

  • बिमा
  • एशियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठले...

एशियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओको जिम्मा होमबहादुरलाई

एशियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओको जिम्मा होमबहादुरलाई

images
सोमवार, कार्तिक ९ २०८३१२:३६
सोमवार, कार्तिक ९ २०८३१२:३६
  • images

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन् । 

    उनको राजीनामासँगै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको छ ।

    कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते बसेको बैठकले उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

    त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि होमबहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend