२०८३, आश्विन १९ गते

images
  • समाचार
  • उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले...

उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले तल्लो तहलाई परिपत्र गर्ने

उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले तल्लो तहलाई परिपत्र गर्ने

मंगलवार, मंसिर १६ २०८२०२:२०
मंगलवार, मंसिर १६ २०८२०२:२०
  • images

    काठमाडौं ।नेपाली कांग्रेसले प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभाका आगामी निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम तल्लो तहबाट सिफारिस गराउन परिपत्र जारी गर्ने भएको छ। सोमबार सकिएको केन्द्रीय समिति बैठकले पार्टी संगठनका मातहतका संरचनालाई औपचारिक रूपमा नाम सिफारिस प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।

    राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यमध्ये निर्वाचन आगामी माघ ११ गते तोकिएको छ। कांग्रेस विधानअनुसार प्रत्येक सिटका लागि केन्द्रले बढीमा तीन जनासम्मको नाम प्राप्त गर्नुपर्ने व्यवस्था छ। यसअनुसार जिल्लास्तरका समितिहरूबाट योग्यता पुगेका सम्भावित व्यक्तिहरूको सूची मागिनेछ।

    सहमति बन्ने हो भने एक सिटका लागि तीन जनाको नाम केन्द्रमा पठाइनेछ, अन्यथा बहुमतको निर्णयका आधारमा नाम सिफारिस हुनेछ। प्राप्त सूचीहरूको आधारमा कांग्रेस संसदीय समितिले अन्तिम उम्मेदवार छनोट गर्ने जनाइएको छ।

    केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ, “प्रक्रियागत रूपमा उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र जारी गरिनेछ।”

    यससँगै प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार छनोट प्रक्रियालाई पनि सक्रिय बनाइने कांग्रेसले जनाएको छ। निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ निर्धारित गरेको छ भने प्रत्यक्ष तर्फको निर्वाचन फागुन २१ गते तोकिएको छ।

    पार्टीका एक पदाधिकारीका अनुसार, समय तालिका नजिकिँदै गरेको अवस्थामा कांग्रेसले तल्लो तहपर्यन्त संरचनालाई परिचालन गर्दै उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाउने तयारी गरेको छ।

    कांग्रेसभित्रका अन्तरिक समायोजन, सम्भावित सहमति र प्रतिस्पर्धात्मक सिफारिस प्रक्रियाले आगामी केही दिन पार्टीभित्र राजनीतिक चहलपहल थपिने संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend